उडिरहेको सीता एयरको पंखामा चरा ठोक्किएपछि

२५ असोज, काठमाडौं ।
सीता एयरको टुइनअटर विमानको पंखामा चरा ठोक्किएपछि विमान आकस्मिक अवरतरण गरिएको छ ।

आज (शनिबार) बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमानको पंखामा चरा ठोक्किएको छ । चरा ठोक्किए लगत्तै विमान आकस्मिक अवरतरण गरिएको छ ।

लुक्लाका लागि शनिवार विहान उडिसकेको सीता एयरको ९ एन–आई–इ विमानमा चरा ठोक्किएर पंखामा पसेको थियो । अवस्थामा चरा ठोक्किएपछि विमान पुनः मन्थली एयरपोर्टमै अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

विमानमा १३ यात्रु र चालक दलका तीनजना सदस्य थिए । चालक दलका होसियारीका कारण जाहाजमा सवार सबै सदस्य सकुसल छन् ।

Scroll to Top