२५ असोज, विराटनगर ।
लाईभ इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा आगामी कार्तिक ८ गते भव्य सांगितिक कन्सर्ट हुने भएको छ ।
शुभदिपावलीका अवसरमा धनतेरसका दिन जैन भवनमा हुने कन्सर्टमा गायक सविन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा दोश्रो भएका बिराटनगरका शृजय थपलिया र ब्यान्ड तथा नेपाल आईडल सिजन टु कि टप इलाभेन हिना मल्ल र बदमाश ब्यान्ड लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा बिराटनगर कै ग्रीन लिफ ब्यान्डको समेत प्रस्तुति रहने तथा विराटनगरका संगीतकर्मीहरुको सामूहिक प्रस्तुती हुने आयोजकका तर्फबाट सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए । कार्यक्रमलाई सगरमाथा टेलिभिजनकी भिजे पुजन थापाले होस्ट गर्ने छन । कार्यक्रममा फुड ट्रक साथै अन्य बिभिन्न आकर्षण रहेको आयोजकले जनाएको छ ।