सार्वजनिक बिदाका दिन पनि देशभरका राजश्व कार्यालय तथा रकम बुझाउने बैंक खुला

सार्वजनिक बिदाका दिन पनि देशभरका राजश्व कार्यालय तथा रकम बुझाउने बैंक खुला

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि देशैभरीका राजश्व कार्यालय तथा राजश्व रकम बुझाउने बैंक भने खुलेका छन् ।

आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भएकाले करदाताको सुविधाका लागि देशैभरीका राजश्व कार्यालय र सम्बन्धित बैंक खुला रहेको आन्तरिक राजश्व विभागले जनाएको छ ।

असोज १८ गतेदेखि दशैँ बिदा भएकाले कार्यालय बन्द भएको र अब पनि कार्यालय नखोल्दा सेवाग्राही मर्कामा पर्ने र राजश्व संकलनमै कमी आउन सक्ने भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालयले सेवा दिइएको विभागले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.