२६ असोज, उदयपुर ।
उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा मिनिट्रक दुर्घटना हुँदा २८ जना घाईते भएका छन् । आइतबार बिहान सवा १० बजे कटारीबाट गाईघाट तर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक सडकमा पल्टिएर दुर्घटना हुँदा मिनीट्रकमा सवार २८ जना घाईते भएका हुन ।
घाईतेहरु मध्ये १२ जनाको स्थानीय अस्पतालमा र १४ जनाको कटारी अस्पताल तथा १ जनाको मोडल अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्घटनामा घाईते भएकी २८ बर्षीया सुजाता राईलाई भने उपचारको लागि न्युरो अस्पताल बिराटनगर ल्याइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।