पैनीमा डुबेर झापामा १ जनाको मृत्यु

पैनीमा डुबेर झापामा १ जनाको मृत्यु

२६ असोज, झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका–२ हातीकिल्ला स्थित सोमनाथ लुईटेलको घरमा काम गर्न बसेका ७१ बर्षीय भक्ति लोहारको पैनीमा डुबेर मृत्यु भएको छ ।

आइतबार दिउँसो खेत सिंचाई गर्ने क्रममा अचानक पैनीमा लडेका उनको मृत्यु भएको थियो । स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा थप अनुशनधान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.