प्रतिबन्धित मेस्सीबिनै इक्वेडरको पोस्टमा अर्जेन्टिनाको आधा दर्जन गोल

२६ असोज ७६, सोमबार

एजेन्सी, असोज २७
प्रतिबन्धमा रहेका नियमित कप्तान लिओनेल मेस्सी विनाको खेलमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

Advertisement

आईतबार सम्पन्न खेलमा अर्जेन्टिनाले दुवै हाफमा ३–३ गोल गरेको थियो । खेलको २० औं मिनेटमा लुकास अलारियोको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । जोन एस्पिनोजाले २७ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । तेस्रो गोलमा भने खेलाडीबीच केहि विवाद भयो । अर्जेन्टिनाले पेनाल्टी पाएपछि लौटारो मार्टिनेजले पेनाल्टी प्रहार गर्न खोजेपनि लियान्ड्रो पारेडेसले बल लिँदै ३२ औं मिनेटमा गोलमा परिणत गरे ।

दोस्रो हाफमा इक्वेडरले सुरुवाती समयमा अनि गोल गर्दै खेलमा फर्कने संकेत देखाए । एन्जल मीनाले ४९ औं मिनेटमा गोल फर्काएपनि उक्त गोल सान्तवनामा सिमित भयो । जर्मन पेजेलाले ६६ औं मिनेटमा गोल गर्दै ३ गोलको अग्रता पुनस् स्थापना गरे । त्यसपछि निकोलस डोमिन्ग्वेज र लुकास ओकाम्पसले ४ मिनेटको अन्तरमा गोल गर्दै अर्जेन्टिनाको फराकिलो जित पक्का गरे ।

Advertisement

कप्तान मेस्सी कोपा अमेरिका दौरान पाएको तीन महिने प्रतिबन्धका कारण राष्ट्रिय टोलीबाट खेलिरहेका छैनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top