नेपाल जोर्डनसँग ३–० ले पराजित

२८ असोज ७६, बुधबार

२९ असोज, एजेन्सी ।
विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणको समूह  बी को मंगलबार भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ।

अम्मान इन्टरनेसनल स्टेडियमममा हिजो भएको खेलमा नेपाल बलियो टिम जोेर्डनसँग पराजित भएको हो। खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा भने जोर्डनले ३ गोल गरेको थियो।

जोर्डनका लागि खेलको ५६ औं मिनेटमा फेरास सेलबाहीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि नेपाल दबाबमा देखिएको थियो। फेरि खेलको ७८ औं मिनेटमा अहमेद–अल–इरसनले गोल गर्दै जोर्डनलाई २ गोलको अग्रता दिलाए।

Advertisement

अन्तिम समयमा फेरि बाहा फैसलले गोल गर्दा जोर्डनले नेपालमाथि ३–० को सहज जित निकाल्न सफल रह्यो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top