जुवा खेल्ने १५ जना पक्राउ

२९ असोज, मोरङ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर धनीसहित १५ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुन्दरहरैचा–७ बस्ने टेक बहादुर बि.क., भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद कोईराला, हिरा भट्टराई, प्रदिप कुमार शाह, बिनोद चौधरी, उमेश बहादुर थापामगर, सुन्दरहरैचा–९ का सजाद मिया, सुन्दरहरैचा–११ काजय प्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत र मधु कुमार घिमिरे रहेका छन् ।

Advertisement

तासको खालबाट प्रहरीले ९७ हजार ९ सय नगद समेत बरामद गरेको छ भने निजहरुलाई जुवा ऐन अन्तरगत कानूनी कारवाही प्रकृया अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top