२९ असोज, काठमाडौं । जन गायक जीवन शर्मा यतिबेला अचानक आइपरेको आपतका कारण ठूलो पीडामा छन् । जनताका दुःख र पीडाका गित गाउने यी जनगायक आफैलाई आज सोच्दै नसोचेको दशा भोग्नु परिरहेको छ ।
उनका जेठा छोरा अहिले सिकिस्त छन् । छोरालाई दशैंमा खाना खानेक्रममा मासुको हड्डीले अन्ननली छेडेर सिकिस्त बनेका छन् । छोरा अमृत आचार्यको अहिले मनमोहन कार्डियो महाराजगञ्जमा उपचार भइरहेको छ ।
जीवनभर आर्थिक लोभ नगरी जनताको गीत गाउँदै हिंड्ने शर्मालाई यत्तिखेर छोराको उपचारमा रकम अभाव हुँदा अप्ठ्यारो परेको छ । पीडा भोगिरहेका शर्मालाई नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले भेटेर केही सहयोग रकम हस्तान्तरण गरेकी छन् ।
धन नभए पनि मन हुने धेरै भएकाले नअतालिन सांसद चौधरीले शर्मालाई आग्रह गरिन् । शर्मालाई सहयोग गर्न चौधरीले सबैलाई अपिल गरेकी छन् ।