लोकसेवा आयोगले २१६ सहसचिव र ४७२ उपसचिवका लागि खुलायो विज्ञापन

लोकसेवा आयोगले २१६ सहसचिव र ४७२ उपसचिवका लागि खुलायो विज्ञापन

२९ असोज, काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा बुधबार विज्ञापन खुलाएको छ ।

निजामति सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन गरिएको हो । स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलेका हुन् ।

आयोगले प्राविधिक र अप्राविधिक पदका लागि एकैपटक ठूलो संख्यामा विज्ञापन गरेको छ । योग्यता पुगेकाहरूले मंसीर ३ गतेसम्म दर्खास्त दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ । दरखास्त फारम आयोगको वेवसाइट http://psc.gov.np बाट डाउनलोड गर्न सकिन्छ । दर्खास्त काठमाडौंस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिरका आयोगका कार्यालयमा पेश गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

दरखास्त शुल्क प्रथम श्रेणीका लागि एक हजार पाँच सय रूपैंया र दोस्रो श्रेणीका लागि एक हजार दुई सय रूपैंया तोकिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.