सिरिया र टर्कीबीच जारी सैन्य कारवाहीविरुद्ध सर्वत्र विरोध

२९ असोज ७६, बुधबार

२९ असोज, एजेन्सी । अन्तराष्ट्रिय दवाव र अमेरिकी प्रतिवन्ध जारी रहेपनि टर्कीले सैन्य कारवाहीलाई एक सातादेखि जारी राखेको छ ।
तर, रसियाले टर्की र सिरियाबीच जारी सैन्य कारवाही तत्काल अन्त्य हुनुपर्ने बताएको छ ।

Advertisement

उत्तरी सिरियामा टर्कीको सैन्य कारवाही जारी रहेका बेला रसियाले टर्कीको उक्त कदम तत्काल बन्द हुनपर्ने धारणा राखेको हो । सिरियाका लागि मस्कोका विशेष दुत लभरेन्टिएभले दुवै देशबीच चलिरहेको सैन्य कारवाही मान्य नहुने बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर कुर्द लडाकूहरु रहेका गाउँ र शहर कब्जा गरेपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियन प्रजातान्त्रि सेना (एसडीएफ)लाई अगाडि बढाउने योजनामा जोड दिने बताएका छन् । गत हप्ता अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरेसँगै टर्कीले कुर्द लडाकूहरुको पकड क्षेत्रमा आक्रमण थालेको हो । आक्रमणका कारण हजारौं सर्वसाधारण बिस्थापित भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top