सभामुख चयनमा नेकपा अलमल्ल, पूर्वमाओवादी खेमाले सभामुख नछाड्ने

३० असोज, काठमाडौं । सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयनमा नेकपा अल्मलिएको छ ।

संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति वर्तमान उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा उभिएपछि सभामुख चयन प्रक्रिया नेकपाका लागि नै भारी पर्ने संकेत देखिंदैछ ।

बलात्कार अभियोगमा कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि सभामुख पद अहिले खाली छ । सभामुख चयानका लागि प्रतिनिधिसभा बैठक आवश्यक हुन्छ ।

तर अहिले संसदको अधिवेशन नै नबसेको अवस्था छ । संसदको अधिवेशन लगायतका प्रविधिक कुरा भन्दा पनि सभामुख कस्ले पाउने भन्ने विषय अहिले पेचिलो बनेको छ ।

संविधानत उपसभामुख शिवमाया तुम्वहाम्फे त्यही पदमा रहँदासम्म नेकपाले सभामुख दाबी गर्न पाउने अवस्था छैन । दुई तिहाइ मतको नजिक रहेको नेकपाले सभामुख अन्य दललाई छोड्ने वाला पनि छैन ।

सभामुख आफुहरु कुनै पनि हालतमा छोड्ने मुडमा नरहेको नेकपा नेता हरीबोल गजुरेल बताउँछन् ।

यदि नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुख शिवमायाले राजिनामा दिनुपर्ने हुन्छ । उपसभामुख राजीनामा दिने मुडमा छैनन् ।

पार्टी एकीकरणपूर्व राष्ट्रपति, प्रधानमन्त्रीसहित सभामुखको पद भागबण्डा गर्दा सभामुख तत्कालिन माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो । पूर्वमाओवादी खेमा अहिले पनि सभामुख आफुहरुले पाउनुपर्ने पक्षमा छ ।

तर पूर्वएमाले धाराका नेताहरुले सार्वजनिक रुपमा कुनै टिप्पणी नगरे पनि पार्टी एकीकरण भइसकेको अवस्थामा के को भागवण्डा भन्दै भित्र–भित्रै पूर्वसभामुख सुवास नेवाङलाई नै सभामुख बनाउनु पर्नेमा छ ।

यदि त्यसो गर्न अप्ठ्यारो भए वर्तमान उपसभामुखलाई नै काम गर्ने जिम्मेवारी दिनुपर्नेमा छन् ।

पार्टी एकिरणको काम टुंगी नसकेको अवस्थामा हिजो भएको सहमति अनुसार नै आफुहरुले सभामुख पद पाउनुपर्ने अध्यक्ष प्रचण्डसँग निकट नेता गजुरेल बताउँछन् ।

संसद अधिवेशन नभएको अवस्था र प्रधानमन्त्रीसमेत केही समयका लागि स्वदेश बाहिर जाने कार्यक्रम तय भएकाले तिहार अगाडि सभामुख चयन हुने संभावना क्षिण छ । अझ सत्तारुढ दल आफैभित्र के गर्ने भन्ने विषयमा स्पष्ट नहुँदा सभामुख चयन प्रक्रिया अनिश्चित छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top