×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने गरि नेतृत्व प्रस्ताव गरिनेछःमन्त्री पोखरेल

१ कार्तिक २०७६

१ कार्तिक, काठमाडौं।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखे्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने स्पष्ट पारेका छन् ।

Advertisement
Advertisement

नेपाल पब्लिक क्याम्पस संघको ११ औ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दे मन्त्री पोख्रेलले सरकारको लक्ष्य अनुसार विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने दक्ष नेतृत्वलाइ पदाधिकारीमा चयन गरिने बताएका हुन् ।

६२÷६३ को आन्दोलन पछि विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा गर्ने चलन बसेको उल्लेख गर्दे उनले वर्तमान सरकारले भने भागवण्डाको संस्कृतिलाई अघि नबढाउने स्पष्ट पारे ।

उनले शिक्षालाई संविधानले निर्देश गरेको बाटो भन्दा बाहिर नलग्ने पनि प्रतिवद्धता जनाए । उनले भने “विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने गरि नेतृत्व प्रस्ताव गरिनेछ । विगतको सन्र्दभमा २०६२÷६३ पछि भागवण्डाको आधारमा पदाधिकारी छनौट गर्ने चलन रह्यो ।

त्यो चलनलाई अब अगाडि बढाउन सकिदैन । नयाँ जनादेशलाई सबै संगठनले पक्का पनि अनुभूत गर्नुभएको छ । बुझ्नुभएको छ । विश्वविद्यालयलाई हामीले सोचेको सोच अनुरुप लैजाने गरिनै पदाधिकारी छनौट गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौ ।”

उनले सरकारले लिने शिक्षा नीतिका बारेमा भ्रममा नपर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे । माक्सवादको आलोकमा त्यसैको आधारमा सरकारले शिक्षानीति बनाउन खोजेको छ कि भन्ने आशंका देखिने गरेको भन्दै उनले त्यस किसिमको भ्रममा नपर्न आग्रह गरे ।

उनले भने “झिना मसिना मुद्धाहरुलाई मेन एजेण्डा नबनाईकन अथवा नन एजेण्डालाई एजेण्डा नबनाईकन अगाडि बढ्ने हो भने हामी निश्चित रुपमा सवालहरुलाई सही ढंगले सम्बोधन गर्ने दिशामा अघि बढ्न सक्छौ ।

माक्सवादको आलोकमा , त्यसको आधारमा शिक्षा नीति बनाउन खोजेका छौ कि, जनवादी केन्द्रीयताका कुराले नै हामीलाई असर पारिराखेको छ कि भन्ने भ्रम कम्तिमा नेकपामा सदस्यलाई छन । नेपाली कांग्रेसले यो भ्रम नलिंदाखेरी हुन्छ । हामी नया ढंगले अघि बढीरहेका छौ ।”

उनले सामुदायिक क्याम्पसहरुले भोगेको समस्यालाई ध्यानमा राखी सरकारले आवश्यकता र औचित्यका आधारमा अनुदानमा वृद्धि गर्ने प्रतिवद्धता जनाए ।

साथै सामुदायिक क्याम्पसहरुको संस्थापक पहिचान हुन नसक्नु, प्राध्यापक र कर्मचारीहरुको स्तर निर्धारण हुन नसक्नु र उच्च शिक्षामा महत्वपुर्ण स्थान ओगटेपनि समयअनुकुल व्यवस्थापन हुन नसक्ने समस्या अझै पनि रहेकाले ती समस्या समाधानका लागि सरकारले पब्लिक क्याम्पस संघसंग समन्वय गरी आवश्यक पहल गर्ने आश्वास पनि उनले दिए ।

उनले ३२ वटा सामुदायिक क्याम्पसले गुणस्तर कायम गर्न सफल भएकोमा बधाई दिदै नसकेकालाई थप मेहनत गर्न आग्रह गरे ।

Advertisement
Advertisement

सामुदायिक क्याम्पसको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि आवश्यकता र संभाव्यताका आधारमा भौतिक पुर्वाधार विकासका लागि पनि सरकारले सहयोग गर्ने आश्वासन दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top