×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

व्यावसायिक गोलभेँडा खेतीले फेरियो जीवनशैली

२ कार्तिक २०७६

२ कात्तिक, पाल्पा ।

परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी टोलबाट किसान यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि नमूना किसान बनेका छन् ।

Advertisement
Advertisement

गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेँडामा रहेको परनिर्भरता हटाएका छन् । व्यावसायिक रुपमा गोलभँेडा खेतीबाट चालू आवको दुई महीनाको अवधिमा रु ५० लाखको गोलभेँडा निकासी भएको छ । ठूलो मात्रामा गोलभँेडा उत्पादनसँग गरीबी हटाउन सहयोग पुगेको हो । यहाँ उत्पादित ८० प्रतिशत गोलभेँडा पोखरामा निर्यात हुँदै आएको छ । पाल्पा, बुटवल र स्याङ्जा क्षेत्रमा २० प्रतिशत निर्यात हुन्छ ।

उत्पादित गोलभँेडाबाट राम्रो मूल्य र बजार पाउन थालेपछि यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि कमजोर आयस्रोत भएका परिवारको दैनिकी परिर्वतन देखिएको छ । आम्दानीको स्रोत बढेपछि स्थानीयवासिन्दा स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा पहुँच बढेको छ ।

मैनादी कृषि सहकारी संस्थामा आबद्धता ४९ सदस्यले व्यावसायिक गोलभँेडा खेती वार्षिक रु ५० हजारदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएका छन् । श्रम र पसिना बगाउन हिम्मत गर्ने युवाका लागि स्वदेशमा नै राम्रो कमाइ हुने कृषि क्षेत्रमा लागेका युवाले देखाएका छन् । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान मानबहादुर बम्रेलले चालू आवको साउन र भदौ महीनामा गोलभँेडा खेतीबाट राम्रो आम्दानी गरे ।

मकै खेतीमा गर्ने बारीमा गोलभेँडा खेतीबाट रु दुई लाख ७३ हजार आम्दानी गर्नुभएको छ । गत आवमा करीब रु तीन लाख जतिको गोलभेँडा बेचिएको हो । अझै कात्तिक महीनामा गोलभेँडा बारीबाट निकासी हुने बम्रेलको भनाइ छ । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान निर्मला रास्कोटीले साउन भदौ महीनामा उत्पादन गरेको गोलभेँडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी लिन सफलता हाता पार्नुभयो । व्यावसायिक गोलभेँडा खेतीबाट गाउँमा स्वरोजगार र रोजगारीका सम्भावनासमेत बढेको छ ।

यहाँका ९० भन्दा बढी युवा कृषि क्षेत्रमा लागि परेका छन् । तीमध्ये ४९ जना गोलभँेडा खेतीमा आकर्षित छन् । यहाँबाट तरकारी तथा सुन्तला ठूलो मात्रामा निकासी हुँदै आएको छ । ११४ जना सदस्य रहेको यस सहकारीमार्फत किसानलाई ऋण तथा प्राविधिक ज्ञान सीप तथा क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालनपछि गाउँमा कृषि उत्पादन बढेको सहकारीका अध्यक्ष बेनीराम पुनको दाबी छ ।

Advertisement

रिब्दीकोट गाउँपालिका–७ का वडाध्यक्ष निलबहादुर रास्कोटीले व्यावसायिक गोलभँेडा खेतीबाट किसानको जीवनस्तरमा सुधार आएको बताए ।रासस

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top