टी–२० विश्वकप छनोटमा ओमानको विजयी सुरुवात

टी–२० विश्वकप छनोटमा ओमानको विजयी सुरुवात

एजेन्सी, कात्तिक २
आईसीसी टि ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमा घरेलु टोली यूएईलाई पराजित गर्दै ओमानले सुखद् सुरुवात गरेको छ ।ओमनले शुक्रबार राती सम्पन्न खेलमा घरेलु टोली यूएईमाथि ७ विकेटको सहज जित निकालेको हो ।

१ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । अकीव इलियासले ५१ बलमा ३ चौका सहित अविजित ४५ रन जोडे । अमिर कलिम २७,जेशन मक्सुद १६ र जितेन्द्र सिंहले १५ रनको योगदान दिए ।

यूएईका लागि अमिद राजा र जुनैद सिद्दीकीले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सकेको थियो । यूएईका लागि ओपनर चिराग सुरीले १६,रोहन मुस्तफा २४,मुहम्मद उस्मान २७ र रमिज शहजादले १४ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

बिलाल खान र फयाज बट्ट समान ३ विकेट लिएपछि यूएई सस्तैमा समेटिनपुगेको थियो । मोहम्मद नदीम र खवर अलीले १–१ विकेट लिए । यूएईले आजनै आयरल्यान्डसँग खेल्ने छ भने ओमानले आइतबार हङकङसँग खेल्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.