जाती धर्मको आधारमा प्रदेशको नामाकरण हुखैन ः मख्यमन्त्री राई

११ फागुन ७४, शनिबार

धरान, फागुन १२
कुनै जाती धर्मको भावनाको आधारमा प्रदेश नम्बर १ को नामाकरण गर्न नसकिने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले स्पष्ट पारेका छन् । किरात राई यायोख्खा सुनसरीले धरानमा आयोजना गरेको साधारण सभा तथा सम्मान कार्यक्रममा राई समुदायले प्रदेशको नामाकरण किरात प्रदेश हुनुपर्ने माग गरे पछि मुख्यमन्त्री राईले कसैको दबाब, उत्तेजना, भावनामा प्रदेशको नामाकरण नहुने स्पष्ट पारेका हुन् ।

संविधानले दिएको अधिकार भित्र रहेर प्रदेशकै समृद्धि गर्न सक्ने आधारमा छलफल गरेर नामाकरण टुङ्ग्याईने उनले बताए । कार्यक्रममा मुख्यमन्त्री राईले सिङ्गो प्रदेशका जाति, धर्म, संस्कृतिलाई झल्काउने एउटै जातीय संग्रहालय बनाउने घोषणा समेत गरे ।

साधारणसभाको अवसरमा यायोख्खा जिल्ला समिती सुनसरीले मुख्यमन्त्री राईलाई सम्मान गरेको छ । यायोख्खाका केन्द्रिय अध्यक्ष तिलक राई र जिल्ला अध्यक्ष कमला राईले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top