विराटनगरका कप्तानसहित ११ जना खेलाडी कारबाहीमा

विराटनगरका कप्तानसहित ११ जना खेलाडी कारबाहीमा

२ कात्तिक, काठमाडौँ ।
वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि-२० क्रिकेट प्रतियोगिताको फ्रेन्चाइज टोली विराटनगर टाइटन्सका ११ जना खेलाडी कारबाहीमा परेका छन् ।ललितपुर फाल्कोन्स र पोखरा पल्टनविरुद्ध स्लो रेटमा बलिङ गरेको भन्दै म्याच अम्पायरहरुद्धारा खेलाडीलाई कारबाही सुनाईएको हो ।

कप्तान सरिता मगरलाई १० प्रतिशत र अन्य १० खेलाडीलाई ५ प्रतिशत खेलवात पारिश्रमीक रकम जरिवाना गरिने म्याच रेफ्री सिमर खानले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा शुक्रबार पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो ।
विराटनगरले तेस्रो खेलमा आज क्याट क्विन्स काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।(हाम्रो खेलकुदबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.