म्यानमार भ्रमणमा रहेका परराष्ट्रमन्त्रीबाट महाविजय चैत्यको अवलोकन

म्यानमार भ्रमणमा रहेका परराष्ट्रमन्त्रीबाट महाविजय चैत्यको अवलोकन

२ कात्तिक, याङ्गुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्माको राजकीय भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्चपदस्थ अधिकारीले आज याङ्गुनस्थित महाविजय चैत्यको अवलोकन गरेका छन् ।

मन्त्री ज्ञवालीसहितको टोलीले त्यहाँस्थित बुद्धको मूर्तिको समेत अवलोकन गरेको थियो । प्यागोडाशैलीको यो मन्दिर धम्माराखिता पहाडमा पर्छ । नेपाली प्रतिनिधि मण्डललाई त्यहाँस्थित स्थानीय सरकारका प्रमुखले स्वागत गरेका थिए ।

सन् १९८० मा तत्कालीन राजा वीरेन्द्र शाह त्यहाँको भ्रमणमा जाँदा सो चैत्यमा बुद्धको मूर्ति उपहार दिएका थिए । यस मन्दिरका संस्थापक नि विन हुन् ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.