डा. सुरेशले दिए १४ दिने शिशुलाई नयाँ जीवन

१ कात्तिक ७६, शनिबार

२ कात्तिक, विराटनगर ।
न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलले हाइपोक्सिक इस्किमिक इन्सेपेलोपेथिबाट १४ दिने एक नवजात शिशुको ज्यान जोगाउन सफल भएको छ । शिशु जन्मिनु पूर्व आमामा वा जन्म भए पछिको समयमा शिशुले प्रयाप्त मात्रामा अक्सिजन प्राप्त नगरेको खण्डमा हाइपोक्सिक इस्किमिक इन्सेपेलोपेथि हुने गरेको छ ।

यस अवस्थामा तत्कालै उपचार नगराएमा शिशुको ज्यान समेत जान सक्छ । सिरहा जिल्ला स्थित वडे पटि गाँउपालिका वडा नं ५ बस्ने राम जिवन यादबको श्रीमति रंजना यादबले सिरहाको लहान स्थित एक हस्पिटलमा गत महिना शिशु (बालक)लाई जन्म दिएकि थिइन् । तर शिशु जन्म पश्चात नरुएपछि शिशुको अवस्था चिन्ताजनक रहेको थियो । बुवा राम जिवनले लहानको एक अस्पतालमा २८ घण्टा एनआइसियोमा राखे पनि कुनै सुधार नआएको देखे पछि बिराटनगर स्थित अर्को एक अस्पतालमा रेफर गरिएको राम जिवनले बताए ।

उनले बिराटनगर स्थित सो टिचिङ अस्पतालमा १४ दिन सम्म एन आइसियोमा राखेको बताए । उनले हस्पिटललाई झण्डै दुइ लाख रुपैया तिरेको र सोहि ठाँउका फार्मेसिलाई ८९ हजार रुपैँया बुझाइसकेको बताए । १४ दिन सम्म उपचारको अर्थात शिशुको प्रगति सोध्दा ठिक हुदै गएको बताए पनि १४ औं दिनमा हस्पिटलका चिकित्सकले शिशुको उपचार नेपालमा मात्र नभएर अमेरीकामा पनि सम्भव नहुने बताए पछि बुवा यादब निराश हुँदै बालकलाई अर्को हस्पिटलमा उपचार गराउने भन्दै न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटल पु¥याएका थिए ।

Advertisement

मदर एण्ड चाइल्डका वरिष्ठ बालरोग विशेषज्ञ सुरेश प्रसाद साहको चिकित्सकिय टोलीले , बालकलाई नयाँ जीवन दिएको बुवा यादबले बताए । आमाको दुध नखाने , आँखा पनि नखोल्ने शिशु अहिले आएर आमाको दुध पनि खाने , आँखा , हात र खुट्टा पनि चलाउन थालेको भन्दै मदर एण्ड चाइल्ड शाखाले बचाउन सफल भएको छ । शिशुको जन्म हुने वितिकै शिशुले रुनु पर्ने हुन्छ तर राम जिवन यादबको शिशुले नरुएपछि आमाको गर्भ भित्र नै वा प्रशुति हुने समयमा कुनै खराबी भएको हुदाँ हाइपोक्सिक इस्किमिक इन्सेपेलोपेथि भएको हस्पिटका वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद साहले बताए ।

शिशुको शरिरका अंगहरुमा बिभिन्न ठाँउमा आवश्यक भन्दा धेरै दिनसम्म केन्यूलाइजेसन गरेकाले हातहरुमा पिप समेत जमेको तथा शिशुको अवस्था निकै चिन्ताजनक अवस्थामा ल्याए संगै यस हस्पिटलमा भर्ना भए पछि द्रुत गतिको साथमा उपचार सुरु गरेको बताए । पछिल्लो समय न्यूरोको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलले गुणस्तरिय तथा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top