×

NEPAL TIMES UPDATES

Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026

कन्यामको चियाबारीमा पर्यटकलाई घोडा चढाउने व्यवसायः मासिक ७० हजार कमाइ

३ कार्तिक २०७६

३ कात्तिक, काठमाडौँ । 
पछिल्लो समय पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुलाई घोडामा चढाएर घुमाउने व्यवसाय फस्टाउदै गएको छ । यस्तो व्यवसाय इलामको कन्याममा रहेको चियाबारीमा समेत फस्टााएको छ । त्यहाँ ३९ वटा घोडा पर्यटक चढाउनका लागि राखिएका छन् ।

४ वर्ष अघिदेखि कन्याममा पर्यटकका घोडा चढाएर घुमाउने व्यवसाय सुरु गरेका ३० वर्षीय दुर्गा भुजेलले कुनै दिन १० हजारसम्म कमाएको अनुभव सुनाए । उनले भने–‘मेरा साथीहरु विदेश जान थाले, म के गरौँ भनेर सोचिरहेको थिएँ । अरु साथीहरु १ लाख जति लगानी गरेर विदेशको तातो घाममा काम गर्न गए, तर मैले कन्याममा आएका पर्यटकहरुलाई घोडामा सवार गराउने विचार गरेँ ।’ सुरुमा त साथीहरुले हुँदैन भनिरहेका थिए, काम सुरु गरेका ३ महिना पछि व्यवसाय राम्रो हुँदै गयो–उनले बताए । उनी भन्छन्–‘१ वर्ष पछि आफैँले १ लाखमा घोडा किने त्यसपछि जीवन परिवर्तन हुँदै गयो ।’

अहिले उनीसँग विदेशबाट फर्केका साथीहरुले के गर्दा राम्रो हुन्छ भनेर सल्लाह लिने गरेका छन् । पहिले विदेश जान सकेन भन्ने गाँउलेहरुले पनि घोडा सवार पेशा राम्रो रहेछ भनेर बुझेका छन् । समितिले कन्याममा नयाँ घोडा थप्न दिंदैन । कसैले घोडा सवार व्यवसाय गर्छु भनेर पाउँदैन । समितिले राखेको ३९ वटा घोडा मध्ये नै कसैले बेच्ने भयो भने मात्रै यो व्यवसायमा नयाँ व्यक्तिले प्रवेश पाउने छ । ३० वर्षका भुजेलले बिहान उठेदेखि साँझसम्म पर्यटकलाई घोडा चढाएर डुलाउने गर्छन् । कन्याम घर भएका भुजेलले पर्यटकलाई मनोरञ्जन गराउँदै राम्रो आम्दानी लिन सफल भएका छन् ।

चिया बगानसँगै प्राकृतिक सौन्दर्य हेर्न जाने पर्यटकहरुका लागि इलामको कन्याममा घोडचढी अर्को आकर्षण हो । कन्याम पुगेका पर्यटकलाई चियाबगान र कन्याम आसपासका क्षेत्रमा स्थान बिशेष बारे जानकारी सहित घोडामा चढाएर घुमाउने गरिन्छ । विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकहरु सवारी साधनमा भन्दा पनि घोडामै चडेर घुम्न रुचाउने गरेको भुजेलले बताए ।

कन्याममा दैनिक हजारभन्दा बढी आन्तरिक तथा बाह्यपर्यटक आउने गर्छन् । यी पर्यटकहरु अधिकांशले घोडा चढेर कन्यामको चियाबगान परिक्रमा गर्ने गरेको स्थानीयहरु बताउँछन् । भुजेलले २०७२ सालदेखि १० रुपैयाँ शुल्क लिएर घोडा चडाउन शुरु गरेको बताए । अहिले घोडा चढेर फोटो खिचेको ५० रुपैयाँ, १० मिनट घुमेको ३५० रुपैयाँ र पुरै कन्याम घुमेको समय हेरेर पैसा लिने गरेको बताउँछन् । उनले घोडामा पर्यटकलाई नै घुमाएर राम्रो आम्दामी गरिरहेका छन् । एक छोरा, एक छोरी र श्रीमतीलाई यही पेशाबाटै गुजारा चलाई मासिक ४०-५० हजार रकम बचत समेत गर्ने गरेको उनले बताए ।

शुरुमा इलामबाट झापासम्म घोडामा तरकारी ढुवानी गरी व्यपार गर्ने गरिन्थ्यो । बिस्तारै कन्याममा पर्यटकले घोडा चढ्न माग गरेपछि एक रुपैयाँ भाडा लिएर यो पेशा सुरु भएको उनी बताउँछन् । घोडा बालबालिका, युवादेखि बृद्धबृद्धासम्मले घोडामा चढ्ने गरेका छन् । चना, मकै, घाँस र सामान्य दानाले घोडालाई हुने भएकाले कम लागतमा पर्यटकलाई घुमाउँदा राम्रो आम्दानी हुने गरेको घोडचढी व्यवसाय सञ्चालन गरिरहेकाहरु बताउँछन् ।

इलामको कन्याम क्षेत्र बिषेश गरी घुम्न, सुटिङ, पिक्निक र अवलोकन भ्रमणका लागि प्रमुख आकर्षणको केन्द्र हो ।(राजाराम न्यौपाने/विकास न्युजबाट)

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top