×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

वुमन्स च्याम्पियन्स लिग : शतप्रतिशत जितसँगै चितवन फाइनलमा

३ कार्तिक २०७६

३ कात्तिक, काठमाडौं ।
चितवन टाइगर्स काठमाडौँमा जारी वुमन्स च्याम्यिन्स लिग टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको खेलमा विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

चितवनले समुह चरणका चारै खेलमा अपराजित रहि स्वत फाइनलमा स्थान बनाएको हो । १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा अल आउट हुँदै ६९ रनमा समेटियो । विराटनगरको लागि ओपनर ज्योती पाण्डेले १९ बलमा ४ चौका सहित २१ रनको योगदान दिइन् । पाण्डेलाई छैटौं ओभरको पहिलो बलमा रेखा रावलले सुमन खतिवडाबाट क्याच आउट गराउँदै पेभिलिएन फर्काएकी थिन् ।

Advertisement

दोस्रो ओभरको अन्तिम बलमा ओपनर लक्ष्मी चौधरी १ रन मा रन आउट भएकी थिन् । पाँचौ ओभरको दोस्रो बलमा शर्मीला मगर शून्यमा आउट भइन् । अस्मिना कर्मचार्य ६,सरिता मगर १,आरती विडारी ५,एसोदा बिष्ट डक आउट भएपछि विराटनगर ११.५ ओभरमा ४०–७ को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रममा डोली भट्टले २१ बलमा १ चौका र २ छक्का सहित २१ रनमा क्याच आउट भइन् । चितवनको जितमा कविता गौतमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिइन् । सुमन खतिवडाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । सन्तोषी चौधरी,रितु कनौजिया र रेखा रावलको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो। डोली भट्टले १३ ओभरको अन्तिम बलमा डाइरेक्ट थ्रो गर्दै रन आउट गर्नुअघि ओपनर कञ्चन श्रेष्ठले ४१ बलमा ६ चौका सहित ३४ रन जोडिन् । आरती बिडारीले १६ ओभरको चौथो बलमा विकेटकीपर ज्योती पाण्डेबाट क्याच आउट गराउनु अघी काजल श्रेष्ठले ४६ बलमा २ चौका सहित ३६ रन जोडिन् । पहिलो विकेटको लागि काजल र कञ्चनले १३ ओभरमा ६९ रनको साझेदारी गरेपनि मध्यक्रम र तल्लोक्रममा निरन्तर विकेट गुमेपछि मध्यम योगफलमै समेटिएको हो ।

सुमन खतिवडा १० रनमा बोल्ड आउट भइन् । रितु कनौजिया ५ रनमा रन आउट भइन् । सबनम राइले प्यारी चौधरीलाई १८ औं ओभरको पाँचौ बलमा शून्यमा बोल्ड गरिन् । रेखा रावललाई शर्मीला रोका मगरले शून्यमा एलवी डब्लू आउट गर्दै पेभिलिएन फर्किन् । कप्तान इन्दु बर्मा १५ बलमा २ चौका सहित १७ रनमा अविजित रहिन् । विराटनगरकी सबनम राईले २, शर्मीला राना मगर,आरती बिडारी र सोनु खड्काले समान १ विकेट लिए ।

चितवन ४ खेलमा ४ मा जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । ४ खेलमा ३ मा जित र १ मा हारका साथ क्याट क्विन्स काठमाडौं दोस्रो स्थानमा रह्यो । त्यस्तै ४ खेलमा समान २ मा हार र २ जितका साथ तेस्रो स्थानमा विराटनगर रह्यो । विराटनगर र काठमाडौंबीच मंगलबार क्वालिफायर हुने छ । जसको विजेता चितवनसँग बिहीबार उपाधिको लागि लड्ने छ ।

Advertisement

सुरुवाती तीन खेलमा तीनै खेल हार्दै पोखरा पल्टन र ललितपुर फाल्कोन्स भने एक खेल अगावै समुह चरणबाट बाहिरिएका छन् ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top