३ कात्तिक, काठमाडौं ।
पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हो । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।
यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ ।