भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

४ कात्तिक ७६, सोमबार

४ कात्तिक, सिड्नी।

Advertisement

भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

Advertisement

भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top