थाइल्याण्डका राजाले आफ्नी श्रीमतीको शाही उपाधि खोसे

४ कात्तिक ७६, मंगलबार

५ कात्तिक, एजेन्सी ।
विश्वासघात गरेको भन्दै थाइल्याण्डका राजाले आफ्नी एक श्रीमतीबाट शाही उपाधि खोसेका छन् ।

राजा महा वजिरालंगकर्णले आफू राजा बन्नुभन्दा पहिला सिनीनात वङ्वाचिराफाकसँग विवाह गरेका थिए । उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएको जानकारी दिइएको छ ।

राजा माहा वाजिरालङकोर्नले गएको वैशाखमा आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिडासँग विवाह गरेका थिए । राजाको चौथो श्रीमती बनेकी सुथिडालाई राजाले रानीको उपाधि दिएका थिए ।

Advertisement

राजाले चौथो पत्नीको रूपमा रानी सुथिडासँग बिहे गरेको २ महिनापछि सिनानीतले ‘चाओ खुन फ्रा सिनीनात बिलासकलयानी’को उपाधि पाएकी थिइन् ।

सोमबार राजाले जारी गरेको औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ । यही कारण राजाले उनको शाही उपाधि खोसेका हुन् ।

Advertisement

मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षकसमेत हुन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top