नेपाल बंगलादेश व्यापारिक बैठक काठमाडौंमा सुरु

५ कात्तिक ७६, मंगलबार

५ कार्तिक, काठमाडौं ।

Advertisement

नेपाल बंगलादेशबीच सहुलियत पूर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौमा सुरु भएको छ ।

काठमाडौमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारिक संभावनका विषयमा छलफल हुनेछ । विशेष गरेर क्षेत्रीय उडान, उर्जा,जलमार्ग,कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा,नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल गरिने बताईएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बैठकले दुई देशबीचको व्यापार विस्तारका सम्बन्धमा ठोस निर्णय हुने बताए ।

Advertisement

बंगलादेश वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खानले दुई देशबीचको व्यापार प्रवद्र्धनका सम्बन्धमा यसअघि पनि छलफल भईसकेकाले बैठकले त्यसबारे महत्वपूर्ण निर्णय गर्नेमा आफु आशावादी रहेको बताए ।

प्राविधिक समितिको बैठकले गरेका निर्णयहरु दुवै देशको सचिवस्तरीय निर्देशक समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा जाने छ । बैठकमा नेपालका तर्फबाट १५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छन् । बैठक बुधबार सम्म चल्ने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top