×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

चितवनले जित्यो डब्लूसिएलको उपाधि

७ कार्तिक २०७६

७ कात्तिक, काठमाडौं ।
वुमन्स च्याम्पियन्स लिग(डब्लूसिएल)को उपाधि चितवन राइनोजले जितेको छ । विहीबार काठमाडौँको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अल आउट हुँदै ६७ रनमा समेटियो । काठमाडौंका कुनैपनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । तेस्रो ओभरको पहिलो बलमा ओपनर शोभा आलेलाई सुमन खतिवडाले ६ रनमा बोल्ड आउट गरिन् । चौथो ओभरको अन्तिम बलमा रेखा रावलले रोमा थापाले विकेटकीपर काजल श्रेष्ठबाट शून्यमा आउट गरिन् । छैटौं ओभरको पाँचौ बलमा कप्तान रुविना क्षेत्री बेलवासी २ रनमा क्याच आउट भएपछि काठमाडौं संकटमा परेको थियो । आठौं ओभरको पाँचौ बलमा नितु भण्डारी २ रनमा रन आउट भएपछि काठमाडौंको जितको संभावना सकिएको थियो ।

Advertisement
Advertisement

१४ ओभरको पहिलो बलमै अप्सरी बेगमलाई रितु कनौजियाले १५ रनमा बोल्ड आउट गरेपछि चितवन उपाधि लगभग पक्का बनेको थियो । इश्वरी बिष्ट १३ रनमा आउट भइन् । चितवनको जितमा सुमन खतिवडाले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन् । त्यस्तै रेखा रावलले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर २ विकेट लिइन् । रितु कनौजियाले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १२ रन जोडेको थियो । कप्तान इन्दु बर्मा १९ बलमा ४ चौका २२ र प्यारी चाधरी ३ रनमा अविजित रहे । इन्दुले सरस्वती कुमारी चौधरीलाई अन्तिम ओभरको चौथो,पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गर्दै बलियो योगफल सम्म पुर्याएकी थिन् । चितवनले नवौं ओभरको पाँचौ बलमा पहिलो विकेटका रुपमा ओपनर काजल श्रेष्ठलाई २१ रनमा गुमाएको थियो ।

सरस्वती कुमारीले नितु भण्डारीबाट उत्कृष्ट क्याच गराउँदै कञ्चन श्रेष्ठ र काजलबीच पहिलो विकेटको ४९ रनको साझेदारी तोडिन् । लगत्तै १० ओभरको पहिलो बलमा लक्ष्मी साउदले अर्की ओपनर कञ्चन श्रेष्ठलाई १९ क्याच आउट गरेकी थिइन् । सुमन खतिवडाले २५ बलमा ५ चौका सहित २९ रन जोडिन्। सुमनलाई १५ ओभरको अन्तिम बलमा संगिता राईले बोल्ड आउट गरिनन् । रितु कनौजिया ६ रनमा रन आउट भइन् । काठमाडौंकी संतिगा राई,लक्ष्मी साउद र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिएका थिए ।

Advertisement

उपाधि विजेता बनेसँगै चितवनले ७ लाख प्राप्त गर्दा उप विजेता काठमाडौंले ३ लाखमा चित्त बुझाएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top