सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समय एक महिना थप

७ कात्तिक ७६, बिहीबार

७ कात्तिक, काठमाडौँ ।
सरकारले योगदानमा आधारित सामाजिक सुुरक्षाकोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । सामाजिक सुरक्षाकोषले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कोषमा सूचिकृत हुनका लागि एक महिनाको समय थपगर्ने जानकारी गराएको हो ।

Advertisement

ठूलो संख्यामा सूचिकरण हुन बाँकि रहेकाले सामाजिक सुरक्षाकोषमा सूचिकृत हुनका लागि थप एक महिना थप गर्ने निर्णय गरिएको कोषका प्रमुख कपिल अधिकारीले जानकारी दिए । सरकारले यसअघि असोज मसान्त भित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुलाई सो कोषमा आवद्ध हुने मौका दिएको थियो ।हालसम्म कोषमा ८ हजार ८१८ जना रोजगारदाताहरु सूचिकृत भएका छन् भने सो कोषमा योगदानगर्नेहरुको संख्या १ लाख ९ सय ६८ पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकहरुको जीवन स्तरलाई माथि उठाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने निष्कर्षका साथ सरकारले सो कोषको कामलाई अघि बढाएकाले त्यसमा साथदिन सबैलाई आग्रह गरे । उनले सामाजिक सुरक्षाकोष श्रमिकको हितमा रहेकाले यसबाट सरकार कुनै पनि हालत पछि हट्न नसक्ने पनि स्पष्ट पारे । सरकारले गतश्रावण १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top