×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

विराटचौक–घिनाघाट सडक निर्माण सुरु, असारसम्म बनिसक्ने

९ कार्तिक २०७६

९ कात्तिक,विराटनगर ।
प्रदेश नम्बर १ सरकारको लगानीमा बन्ने पहिलो प्रादेशिक विराटचौक–घिनाघाट सडक निर्माणको काम सुरु भएको छ । प्रदेशको राजधानी विराटनगर जोडने सो सडक प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गएको भदौ महिनामा शिलान्यास गरेका थिए । हाल दुई लेनको सो सडकलाई चार लनेमा बिस्तार गर्न लागिएको हो ।

प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानीमा २२ दशमलव ५ किलोमिटर लम्बाइ रहेको सो सडक चार लेनको बन्नेछ । जस अनुसार ठेकेदार कम्पनीले सडक बिस्तारको काम अघि बढाएको छ । ठेकेदार कम्पनी एपेक्स जेभिका सर्बेयर सागर राईले सडक बिस्तार गर्ने काम अनुसार पहिलो चरणमा नाला निर्माणको काम सुरु भएको बताए । उनले सडकमा भरोट हाल्ने कामपनि सुरु भएको जानकारी दिए । ‘नाला निर्माण सँगै सडक कालो पत्रेका लागि आवश्यक पूर्वाधार निर्माणको काम सुरु भईसकेको छ।’सर्बेयर राईले भने,सडक बिस्तारका लागि सडक भित्रका संरचना खाली गरिएकाले अब कामले तिब्रता पाउनेछ।

Advertisement
Advertisement

२२ दशमलव ५ किलोमिटर सडकलाई ३ वटा प्याकेजमा विभाजन गरिएको छ । जसमध्ये २ वटा १०–१० किलोमिटरको सडक ठेक्का लागी निर्माणको काम सुरु भएको हो । दुईवटा प्याकेजको ठेक्का गत असार ३१ गते सम्झौता भएको थियो । सम्झौता अनुसार आगामी २०७७ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख शुशिल श्रेष्ठले बताए ।

हाल दुई लेनको सो सडक वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ । सडकको मध्य भागबाट ३५/३५ फिट कालोपत्रे हुनेछ। सडक निर्माणको दुवै प्याकेजको ठेक्का श्रेष्ठ रमण एपेक्स जेभिले लिएको छ । पूर्वबाट विराटनगर प्रवेश गर्ने यो सडकलाई कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ । कोशी राजमार्गमा विकास निमार्ण जारी रहदा विराटचौक हुदै पूर्व जानेहरुले यो सडकाको प्रयोग गर्दे आएका थिए । निमार्ण सम्पन्न भएपछि प्रादेशिक सडक हुँदै प्रदेश राजधानी विराटनगरसंग मेची अञ्चलबासीले बैकल्पिक र छोटो मार्गका रुपमा यो सडकलाई प्रयोग गर्न सक्नेछन् ।

विराटचौक–घिनाघाट सडक प्रदेशको राजधानी विराटनगरको पुष्पलालचौक हुदै बैजनाथपुर,झोराहाट,नेताचौक र हरैचा हुदै महेन्द्रराजमार्गसंग जोडिनेछ । सडक निर्माण भएपछि त्यस क्षेत्रका जनतालाई आवगमनमा सहज हुनका साथै प्रदेशको राजधानी जोडने बैकल्पिक मार्गका रुपमा विकास हुनेछ । प्रदेश सरकारको लगानीमा चार लेनको सडक निर्माण भएपछि कोशी राजमार्ग अन्तर्गत ६ लेनको निर्माणधीन इटहरी–विराटनगर सडकमा हुने सवारी चापपनि कम हुने विश्वास लिइएको छ। प्रदेश एकले चालु आर्थिक बर्षका लागि सडक र पुलको विकासका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । १ नं प्रदेशले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा गाउँदेखि सहर र सहरदेखि प्रदेश जोड्नेसहितका सडक पूर्वाधारका योजनालाई मुख्य प्राथमिकतामा राखेको छ ।

Advertisement

प्रदेश एकले बहुवर्षीय सडक आयोजनाका लागि स्रोत सुनिश्चितता गरी आयोजना निर्माण कार्य प्रारम्भ गर्न ३ अर्ब १० करोड विनियोजन गरेको छ। स्रोत सुनिश्चितता गरिएका र अन्य सडक र पुल निर्माण अघि बढाउन १ अर्ब ५७ करोड रुपैयाँ छुट्याएको छ । मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमलाई स्थानीय तहसँगको साझेदारीमा ग्रामीण सडकहरूको स्तरवृद्धि गर्दै लैजान ७४ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशमा निर्माणाधीन क्रमागत सडक आयोजनाहरूलाई निरन्तरता दिन ८१ करोड रुपैयाँ र प्रादेशिक विशेष सडक आयोजनाका लागि ३६ करोड रुपैयाँ छुट्याएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top