पैसा डबल बनाइदिन्छुु भन्दै ठगी गर्ने प्हरी फन्दामा

१३ फागुन ७४, सोमबार

विराटनगर, फागुन १४
पैसा डबल बनाइदिन्छुु भन्दै ठगी गर्दै हिंड्ने दुईजना भारतीय नागरिकलाई रंगेली प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले मोरङ सुनवर्षि नगरपालीका वार्ड नं.१ केचना बजारबाट ठगी गर्दै हिंडेको अवस्थामा भारत अररिया जिल्ला शंकरपुर वार्ड नं.१० बस्ने मुकेशकुमार यादव र सोही स्थान बस्ने ३९ वर्षीय वारिस आलमलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले गाऊँ गाऊँमा विभिन्न केमिकल जस्तो देखीने रंगसहित कैची, धागो र मैनबत्तीको प्रयोग गरेर कागजले पैसालाई छोपेर पानीमा डुवाएर नोट छापेर बनाएको जस्तो गरी पाँच सयको नोटलाई दुई वटा पाँच सय रुपैयाँ र १ हजार रुपैयाँको नोटलाई दुई हजार रुपैयाँ बनाई दिन्छौ भन्दै ठगी गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संजिवबाबु खड्काले सुनवर्षि नगरपालीका वार्ड नं.१ का २९ वर्षिय रंजित राईसँग दुई लाख रुपैयाँ ठगी गरेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top