विराटनगर, फागुन १४
मोरङ कारागारका कैदीबन्दीहरुले समयमै उपचार नपाएको गुनासो गरेपछि मानव अधिकार आयोगले कारागारको अनुगमन तथा निरीक्षण गरेका छन् राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत सन्ध्या पुडासैनी र चिरञ्जीवि कोइरालासहितको टोलीले कैदीबन्दीको अवस्था बुभ्mन अनुगमन तथा निरीक्षण गरेको हो ।
महिलातर्फ भन्दा पुरुषतर्फ अलिक बढी विरामी भएका कैदीबन्दी देखिएको आयोगका प्रतिनिधिले जनाएका छन् । कैदीबन्दीहरुको अवस्थाबारे आफूहरुले आयोगमा जानकारी गराउने अधिकृत पुडासैनीले जानकारी दिनुभयो । विभिन्न सजाँय पाएर मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीले विरामी हुँदा समयमै उपचार नपाएको गुनासो गरेका छन् ।
कारागार प्रशासनले समयमै उपचार गराउन चिठी बनाइदिए पनि सुरक्षामा खटिएको नेपाल प्रहरीले हस्पिटल समयमै उपचारमा नलगेको देखिएको छ । आफुहरुले उपचारका लागि पत्र पठाएको भएपनि समयमा उनिहरुलाइ अस्प्ताल नलैजादा समस्या देखिएको र अहिले समाधान भइसकेको जेलर प्रेसप्रसाद सापकोटाले बताए ।
कैदिबन्दीहरुमा सबैभन्दा बढी खुट्टा लक हुने, घुँडा नचल्ने, छाला र स्वाशप्रश्वासको समस्या बढी देखिएको छ । मोरङ कारागारमा ६ सय ८५ जना पुरुष कैदीबन्दी तथा ६६ जना महिला र ६ जना आश्रित बालक रहेका छन् ।
त्यस्तै उपचारको क्रमममा एकजना कैदीको मृत्यु भएको छ । मोरङ कारागारमा कैदी जीवन बिताएका सोलुखुम्बुको गोली –४ का २२ वर्षिय अनिल नेपालीको कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । अवैध लागूऔषध मुद्दामा पूर्वपक्षको लागि मोरङ कारागारमा फागुन ३ गते आएको जेलर सापकोटाले जानकारी दिए ।