विराटनगर, फागुन १४
पैसा डबल बनाइदिन्छुु भन्दै ठगी गर्दै हिंड्ने दुईजना भारतीय नागरिकलाई रंगेली प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले मोरङ सुनवर्षि नगरपालीका वार्ड नं.१ केचना बजारबाट ठगी गर्दै हिंडेको अवस्थामा भारत अररिया जिल्ला शंकरपुर वार्ड नं.१० बस्ने मुकेशकुमार यादव र सोही स्थान बस्ने ३९ वर्षीय वारिस आलमलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुले गाऊँ गाऊँमा विभिन्न केमिकल जस्तो देखीने रंगसहित कैची, धागो र मैनबत्तीको प्रयोग गरेर कागजले पैसालाई छोपेर पानीमा डुवाएर नोट छापेर बनाएको जस्तो गरी पाँच सयको नोटलाई दुई वटा पाँच सय रुपैयाँ र १ हजार रुपैयाँको नोटलाई दुई हजार रुपैयाँ बनाई दिन्छौ भन्दै ठगी गर्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संजिवबाबु खड्काले सुनवर्षि नगरपालीका वार्ड नं.१ का २९ वर्षिय रंजित राईसँग दुई लाख रुपैयाँ ठगी गरेको बताए ।