बंगलादेश टेष्ट क्रिकेट टिमका कप्तान शकिबलाई कारवाही, २ वर्ष प्रतिवन्ध

बंगलादेश टेष्ट क्रिकेट टिमका कप्तान शकिबलाई कारवाही, २ वर्ष प्रतिवन्ध

१३ कार्तिक, एजेन्सी । बंगलादेश टेष्ट क्रिकेट टिमका कप्तान शकिब अल हसन भ्रष्टाचारको आरोपमा २ वर्ष प्रतिवन्धमा परेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्ट्राचार सम्बन्धि नियम उलंघन गरेको भन्दै शकिबलाई सबै खाले क्रिकेटमा एक वर्ष निलम्बनसहित २ वर्षको प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ ।

आईसीसीको एन्टी करप्सन युनिटले लामो अनुसन्धानपछि शकिबलाई दोषी ठहर गरेको हो । शकिबले एन्टी करप्सन कोडको तीन मुख्य नियम उलंघन गरेको आईसीसीको आरोप छ । शकिबले विभिन्न खेलमा खेल बेटिङका लागि आएको प्रस्तावबारे आईसीसीलाई नदिएको बताइएको छ ।

सन् २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको त्रिकोणात्मक सिरिज र इण्डियन प्रिमियर लिग चरणका विभिन्न खेलमा बेटिङको सूचना पाएपनि हसनले जानकारी नगराएको आरोप लगाइएको छ ।

बंगलादेशका लागि ३३८ खेल खेलेका ३२ वर्षीय शकिब एकदिवसीय क्रिकेटको अलराउण्डर वरियताको शीर्ष स्थानमा रहेका छन् । शकिबले आफूमाथि लागेको आरोप स्वीकार गरेको र आईसीसीको प्रतिबन्धलाई पूर्ण रुपमा पालना गर्ने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.