पोखरामा सडक दुर्घटनाः एकको मृत्यु, दुई घाइते

पोखरामा सडक दुर्घटनाः एकको मृत्यु, दुई घाइते

१३ कात्तिक, कास्की ।
पोखरा महानगरपालिका–२७ तालचोकमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मङ्गलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेँसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकामा गए राति उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा १ य ८७५ नं को स्कारपियो गाडीले गुरुङ सवार ग १२ प ८८०० र अर्को ग ९ प ५४८२ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेका पोखरा–८ का अजित गुरुङ तथा गाडी चालक पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.