×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

उपनिर्वाचनः धरानमा दलहरु चुनावी प्रचारप्रसारमा, नेकपाले भने टुंगो लगाउन सकेन

१३ कार्तिक २०७६

१३ कार्तिक, सुनसरी । मंसिर १४ गते हुने उपनिर्वाचन नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा लागेका छन् ।

नेपाली कांग्रेस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, समाजवादी पार्टी नेपालले मेयरको उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा होमिएका छन् । यस्तै मेयर पदका लागि एक जनाले स्वतन्त्र उम्मेदवारीसमेत घोषणा गरेका छन् ।

Advertisement
Advertisement

धरानका मेयर तारा सुब्बाको निधन भएपछि आगामी १४ गते हुने चुनावमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भने अझै मेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन । गएको साउन १ गते मिर्गौलाको रोगबाट पीडित तारा सुब्बाको उपचारको क्रममा निधन भएको थियो ।

नेपाली कांग्रेसले तिलक राईलाई धरान उपमहानगरको उम्मेदवार घोषणा गरिसकेको छ । तिलक राई यसअघिको स्थानीय तहको चुनावमा तारा सुब्बासँग पराजित भएका थिए ।

यसैगरी समाजवादी पार्टीले भने गजेन्द्र इस्वालाई उम्मेदवार बनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने अमर इजमलाई धरानको मेयरको उम्मेदवार बनाएको छ । यस्तै हर्क साम्पाङ्गले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । स्थानीय तहको चुनावमा तत्कालीन एमालेबाट उम्मेदवारी दिएका तारा सुब्बा २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका थिए ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गरेका थिए । तत्कालीन माओवादी र तत्कालीन संघीय समाजवादी फोरमको संयुक्त प्यानलका उम्मेदवार आइन्द्रविक्रम बेघाले ११ हजार एक सय ८१ मत पाएका थिए । धरानमा ५२ हजार ८ सय ५३ जना मतदाता रहेका छन् ।

यसैविच, चुनावको मिति नजिकिँदै गर्दापनि नेकपाले भने अझै धरान उपमहानगरको मेयरको उम्मेदवार कसलाई बनाउने भनेर टुंगो लगाउन सकेको छैन । आन्तरिक गुट र नेताहरुमा उम्मेदवार बन्ने तीव्र इच्छाका कारण उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।

तत्कालीन एमालेले यसअघिका तीन वटै चुनावमा धरानको मेयर पदमा विजय हाँसिल गरेको थियो । माओवादीसँग एकता भएपछि जित सुनिश्चत हुने भन्दै नेताहरु उम्मेदवार बन्नका लागि दौडधुप गरिरहेका छन् ।

Advertisement

धरानको मेयरको उम्मेदवारमा अहिले पूर्व मेयर मनोज मेन्याङ्वो, प्रकाश राई, विजय राई, आइन्द्रविक्रम बेघा लगायतका नेताको चर्चा छ । नेकपाका नेता मुक्साहाङ मेन्याङ्वोले केही दिनमै उम्मेदवारको टुंगो लगाउने बताए । नगर कमिटिले बुधबार उम्मेदवारको नाम सिफारिस गर्दैछ । बुधबार नै जिल्ला कमिटीले पनि आएका नामहरुलाई प्रदेशमा पठाउने नेकपा स्रोतले जनाएको छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top