पक्राउ परेका जुवाडेलाई नछाड्न अदालतको आदेश

१३ कार्तिक, काठमाडौं । गएको शनिबार राति काठमाण्डौको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका २५ जना जुवाडेलाई सर्वोच्च अदालतले ‘साथै राख्ने आदेश’ जारी गरेको छ ।

पक्राउ परेका २५ जना जुवाडेमध्ये बलराम सापकोटासमेत ६ जना भीआईपी जुवाडेका आफन्तले आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । त्यही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘साथै राख्ने आदेश’ जारी गरेको हो ।

महाराजगञ्जको पिपलमार्गबाट झण्डै ३ करोड रुपैयाँसहित पक्राउ परेका २५ जनालाई प्रहरीले बिहीबार दोस्रो पटक अदालत पुर्याएको थियो ।उनीहरुलाई शुक्रबार फेरि अदालतमा उपस्थित गराउने र अदालतबाट म्याद थप गराइ अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश लम्सालले जानकारी दिए ।

Advertisement

पक्राउ परेकाका परिवारले आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेपछि सोमबार उनीहरुलाई अदालतमा उपस्थित हुन अदालतले आदेश दिएको थियो । तर ३ बजेअघि नै उनीहरुलाई अदालतमा उपस्थित गराउनुपर्ने भए पनि प्रहरीले साढे ३ बजेतिर मात्र उनीहरुलाई अदालत पुर्याएको थियो ।

पक्राउ परेका २५ जनामध्ये ७ जनाविरुद्ध जुवातासबाहेक अरु पनि निवेदन परेको थप अनुसन्धान हुने पनि उनले जानकारी दिए ।

Advertisement

शनिबार राति दुई करोड ७२ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँको चेक, ३२ ओटा कौडा र ४ बुक ताससहित बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ पक्राउ परेका थिए । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पक्राउ परेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top