पोखरा–मुग्लिन राजमार्ग विस्तार गर्न एडिबीले करिब २२ अर्ब ऋण उपलब्ध गराउने

१४ कात्तिक, काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख डलर (करिब २२ अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ ।

Advertisement

विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रूपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले उक्त ऋण रकम स्वीकृत गरेको एडीबीको प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारत र बंगलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रूपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।

Advertisement

८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडीबीका अनुसार, आगामी ५ वर्ष्भित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top