भन्सार घोटला प्रकरण : ठूला उद्योगी, व्यापारीका फर्मसमेत तानिए

१४ फागुन ७४, मंगलबार

विराटनगर, फागुन १५
माघको तेश्रो हप्ता वस्तु आयात–निर्यातमा राष्ट्रिय वाणिज्य बैंकमार्फत भन्सारमा दाखिला गरेको रकम घोटला प्रकरणको अनुसन्धानको दायरामा विराटनगरका ठूला उद्योगी, व्यापारीका फर्मसमेत तानिएका छन् ।

मोरङ प्रहरीले भन्सार एजेन्ट ललित बोहरा र सुरेश बोहरामार्फत वस्तु आयात गर्दै आएका ४१ जना आयतकर्तामाथि पहिलो चरणमा अनुसन्धान थालेको छ ।

भन्सार एजेन्ट बोहराको सुरेश क्लियरिङ्ग एण्ड फरवार्डिङ्ग सर्भिसमार्फत भन्सार क्लियरिङ्ग गर्दै आएका विराटनगरका उद्योगी अनोज पोद्धार, आरती स्ट्रिप्सका सञ्चालक संजीव शर्मासहित विशाल गुप्तालगायतका औद्योगीक फर्मलाई प्रहरीले पत्र काटेको हो ।

Advertisement

उनीहरुमाथि वित्तिय अपराधमा संलग्न आरोपमा अनुसन्धान गर्नुपर्ने भन्दै आर्थिक वर्ष २०७४÷०७५ भन्दा अगाडीका स्टेटमेन्ट झिकाएको छ । १९ माघमा वस्तु आयातका क्रममा भन्सार एजेण्टले भन्सार राजश्व बुझाउन बैंकमा जम्मा गरिएको एकाउन्ट पेयी चेकमा रकम नभएपछि घोटाला काण्ड सार्वजानिक भएको थियो ।

भन्सारको राजश्व खातामा जम्मा देखिएको ९ करोड ६१ लाख ५५ हजार रकम बैंकमा भने जम्मा छैन । राष्ट्रिय वाणिज्य बैंक विराटनगरका निमित्त प्रबन्धक राजेश डंगोलले रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहामा कार्यरत वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतले बैंक तथा वित्तिय संस्था ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै किटानी जाहेरी दर्ता गरेका छन ।

Advertisement

डंगोलले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा बैंक घोटला प्रकरणमा दश करोड भन्दा वढी ठगी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top