माथिल्लो त्रिशुली-१ का लागि लगानी जुट्यो, ५ वर्षमा बन्ने

१५ कात्तिक, काठमाडौँ ।
माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको सो जलविद्युत आयोजनाका लागि आवश्यक लगानीसम्बन्धि सम्झौतामा शुक्रबार काठमाडौंमा गरिएको हो ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा सिंहदरबारमा कम्पनी र लगानीकर्ता अन्तराष्ट्रिय बैंक तथा वित्तिय संस्थाहरुबीच सो जलविद्युत आयोजनाका लागि ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरिएको छ । बाँकि ३० प्रतिशत रकम भने ईक्विटीबाट जुटाइएको छ । जस अनुसार विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख, एसीयाली विकास बैंकले ६ करोड, एशीयाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख, कोरियन आयात बैंकले १० करोड, कोरिया डेभलप्मेन्ट बैंकले ३ करोड अमेरिकी डलर सो आयोजनामा ऋण लगानी गर्नेछन्।

कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले सो जलविद्युत आयोजनामा लगानी गर्ने सबै अन्तराष्ट्रिय बैंक तथा वित्तिय संस्थाहरुप्रति आभार व्यक्त गरे । त्यस अवसरमा उनले सरकारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण बनाएको पनि स्मरण गराए ।

Advertisement

मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकासका लागि बाह्य लगानी अनुकूलको नीतिगत, संरचनागत आधार पनि तय गर्दै गएको पनि बताए । निर्माण सुरु गरिएको ५ वर्ष भित्र सम्पन्न गर्र्ने लक्ष्य लिइएको सो जलविद्युत आयोजनाबाट वार्षिक रुपमा १ अर्व ५३ करोड ३१ लाख युनिट उर्जा उत्पादन हुने पनि सम्झौंतामा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top