नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा विश्व बैंकले लगानी बढाउने

नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा विश्व बैंकले लगानी बढाउने

१५ कार्तिक,काठमाडौं ।
विश्व बैंकले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउने भएको छ । चार दिने नेपाल भ्रमणमा आएका बैंकका कार्यकारी निर्देशकहरुको टोलीले अर्थमन्त्री युवराज खतिवडालाई यी क्षेत्रमा लगानी बढाउने बताएका हुन् ।

नेपाल भ्रमणमा उनीहरुले नेपालको संघियतालाई सहयोग गर्ने तथा आर्थिक सहायता बढाउने विषयमा पनि छलफल गरेका छन् । विश्व बैंकको ११ सदस्यको टोली गत मंगलबारदेखि शुक्रबारसम्म नेपाल भ्रमणमा आएको थियो ।

विश्व बैंकले नेपालमा सहयोग गरेको ५० वर्ष पुगेको अवसरमा टोली नेपाल आएको हो। बैंकले नेपालमा सन् १९६९ नोभेम्बर ४ देखि सहकार्य सुरु गरेको थियो । नेपाल भ्रमणका अवसरमा टोलिले नेपालको संघिय तथा स्थानीय प्रतिनिधी तथा निजी क्षेत्र, विकास साझेदारहरुसँग समेत भेट गरेको थियो।

भ्रमणपछि विश्व बैंकका भ्रमण दलका प्रवक्त जर्ज चाभेज प्रेसाले नेपालले पछिल्लो समय गरिबी निवारण तथा स्थायी सरकारको विषयमा निकै राम्रो उन्नती गरेको बताए। यससँगै उनीहरुले भुकम्पपछि पुनर्निमाण भइरहेको काभ्रेपलान्चोकको पात्लेखेतमा पुगेर निरीक्षण पनि गरेक थिए।

विश्व बैंकले ५० वर्षदेखि नेपालमा विभिन्न क्षेत्रमा गरेर २५ आयोजनामा काम गरिरहेको छ। सोही अवधिमा विश्व बैंकले नेपाललाई २.४७ विलियन अमेरिकी डलर सहयोग गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.