प्रधानमन्त्रीको डायलाइसिस आज पनि गरिने

१६ कात्तिक ७६, आइतबार

१७ कात्तिक, काठमाडौँ ।
स्वास्थमा समस्या देखिएपछि उपचारारत प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रो डायलाइसिस आज गरिने भएको छ ।

रगतमा पानीको मात्रा धेरै भएपछि गएको बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । उनको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने डाक्टरले बताएका छन् ।

१२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने डाक्टरले बताएका छन् । तर अस्ति बुधबार र बिहिबार गरिएका जाँचको रिपोर्ट आएपछि मात्र थप निर्णय गर्ने डाक्टरहरुको तयारी छ ।

Advertisement

यसैबीच आज बस्न लागेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक र मन्त्रिपरिषदको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्रीको डायलाइसिसपछि मात्र दुबै बैठकको समय तय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालय बैठकले उपचुनाबका लागि उम्मेद्वार टुंगो लगाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । शनिबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top