महरामाथिको थुनछेक बहस आज

१७ कात्तिक, काठमाडौँ ।
संसद सचिवायलकी कर्मचारीलाई यौन दुव्र्यहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबारदेखि औपचारिक रुपमा थुनछेक बहस सुरु हुँदैछ ।

गएको शुक्रबार जिल्ला अदालत काठमाडौँमा बलात्कार प्रयासको आरोप लागेका महराको बयान भएको थियो । समय अभावका कारण सो दिन थुनछेक बहस सुरु हुन सकेको थिएन । आइतबारदेखि भने महरालाई थुनामै राखेर मुद्दाको थप कारवाही अघि बढाउने वा उनलाई धरौटीमा छोड्ने भन्ने विषयमा जिल्ला अदालत काठमाडौँमा बहस हुनेछ ।

जिल्ला अदालतका काठमाडौँका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा थुनछेक बहस हुनेछ । गएको बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले करणी प्रयासको अभियोगमा साढे सात वर्ष जेल सजायको दाबीसहित महरा विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

शुक्रबार अदालतले लिएको बयानमा महराले यसअघि प्रहरी समक्ष दिएको बयान जस्तै घटना भएको भनिएको दिनमा आफू तीनकुने क्षेत्रमा पुगेको तर रोशनी शाहीको घरमा नपसेका बताएका थिए । यस्तै आफूले विगत लामो समयदेखि मादकपदार्थ सेवन गर्न छोडेको समेत बताएका छन् ।

महराले प्रहरी समक्ष जस्तै अदालत समक्ष पनि आफूमाथि लागेको आरोप पूर्ण रुपमा अस्वीकार गरेका छन् । शुक्रबार बयान लिइएकाले आइतबार बहस सुरु गर्दै सरकारी वकिलले पीडित महिलाको पक्षबाट वकालत गर्ने छन् । त्यसपछि महरा पक्षका वकिलहरुले बहस गर्ने छन् ।

महराको पक्षमा बहस गर्नका लागि शुक्रबारसम्म ३० भन्दा बढी वकिलहरुले नाम लेखाएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top