१७ कात्तिक, काठमाडौँ ।
बिहेको तयारीमा रहेकी नायिका ऋचा शर्माले आफ्ना निकटका साथीहरुलाई निम्त्याएर ब्याचलर पार्टी दिएकी छिन् । केही समयदेखि प्रेममा रहेकी ऋचाले अब भने बिहे गर्ने तयारी गरेकी हुन् ।
ऋचाको बिहे मंसिरमा हुने वुझिएको छ । ऋचाले पोखरामा आयोजना गरेको पार्टीमा नायिका प्रियंका कार्की, केकी अधिकारी लगायत पुगेका थिए ।पार्टीमा उनीहरुले मस्ती गरेको तस्वीर सार्वजनिक भएको छ । नायिका प्रियंका कार्कीले पनि आफ्नो इन्स्टाग्राममा ऋचाको ब्याचलर पार्टीमा सहभागी भएको उल्लेख गरेकी छिन् ।
उनी केही समयदेखि दिपेक्ष्य राणाको प्रेममा छिन् । ललितपुरमा रहेको लबिम मलका म्यानेजर समेत रहेका राणासँग ऋचाको प्रेम चर्चा केही समयदेखि चल्दै आएको छ ।
ऋचा अहिले चलचित्र ‘हिजो आजका कुरा’मा काम गर्दैछिन् भने उनी बिहेको तयारीमा पनि देखिएकी छिन् ।