पूर्वराष्ट्रिय बक्सिङ खेलाडी सिद्धान्तविक्रम सम्मानित

पूर्वराष्ट्रिय बक्सिङ खेलाडी सिद्धान्तविक्रम सम्मानित

१८ कात्तिक, काठमाडौँ ।
पूर्वराष्ट्रिय बक्सिङ खेलाडी सिद्धान्तविक्रम भण्डारी क्षेत्रीलाई सोमबार सम्मान गरिएको छ । नेपालका बक्सिङ खेलाडीहरुको सहयोगका लागि अक्षयकोष स्थापना गरिएको अवसरमा पूर्व खेलाडी भण्डारी क्षेत्रीलाई सम्मान गरिएको हो ।

नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष राजीव श्रेष्ठ, पूर्वमहासचिव दीपक गुरुङलगायतले बक्सिङ परिवारको नाममा सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी अक्षयकोष पनि घोषणा गरेका छन् ।

बक्सिङ खेलाडीहरुलाई आवश्यक पर्दा आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । कोषका लागि श्रेष्ठ, गुरुङ र सम्मानित खेलाडी सिद्धान्तले जनही एक लाख रुपैयाँ सहयोग गरेका छन् । एक वर्षको अवधिकमा ५० लाख जम्मा गर्ने लक्ष्य रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.