नेपालले आफ्ना निकटलाई नियुक्ति नगरिएको भन्दै चित्त दुखाएः प्रचण्ड

१९ कात्तिक ७६, मंगलबार
Share this
782shares

१९ कात्तिक, नेपालगन्ज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक नै भएको बताएका छन्। ।

Advertisement

उनले पार्टीभित्र छलफल हुनु स्वाभाविक रहेको भन्दै चित्त नबुझे नोट अफ डिसेन्ट लेख्न सकिने जनाए । नेता नेपालले प्रदेश प्रमुखमा आफ्ना निकटलाई नियुक्ति नगरिएको भन्दै चित्त दुखाएका छन् ।

सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको अध्यक्ष दाहालले दाबी गरेका छन्। उनले पार्टीभित्र त्यसबारे छलफल गरी निर्णय लिएको बताए। ‘असन्तुष्टि जनाउन पाइन्छ। छलफल पनि हुन्छ,’ उनले भने।

Advertisement

मंगलबार नेकपा बाँकेको चियापान कार्यक्रममा सहभागी हुन नेपालगन्ज आएका उनले प्रदेश प्रमुखहरुको बर्खास्ती नयाँ नियुक्ति ढिलो गरी गरिएको बताए। उनले दुई तिहाई सरकार गठन भएलगत्तै कांग्रेसका पालामा नियक्त गरिएका प्रदेश प्रमुखहरुलाई हटाउनु पर्नेमा ढिलो भएको दाबी गरे।

उनले भने, ‘नयाँ प्रदेश नियुक्तिमा ढिलाई भयो। तर, कानुन संगत भएको छ,’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top