बढी शुल्क लिने मेडिकल कलेजहरुको छानविन गरिने

Share this
719shares

१९ कार्तिक, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बढी शुल्क लिने मेडिकल कलेजहरुको छानविन गर्ने निर्णय गरेको छ ।

Advertisement

विज्ञप्ती जारी गरी काउन्सिलले समस्याग्रस्त मेडिकल कलेजहरुको स्थलगत अनुगमन गर्न छानविन समिति बनाउने निर्णय गरेको जनाएको छ । बढी शुल्क लिएको विरोधमा आन्दोलन सुरु गरेका विद्यार्थीहरुलाई कुटपिट गर्ने, बन्धक बनाउने, डर क्रास धम्की देखाउने जस्ता ज्यादतीका घट्नाहरु भएको भन्दै काउन्सिलले दोषीलाई कारवाही गर्न समेत चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेको छ ।

विद्यार्थीमाथि भएको आर्थिक, मानसिक र विभिन्न शोषणहरु प्रति आफनो ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समेत बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई कारवाही गर्न गृह मन्त्रालयलाई समेत पटक पटक पत्राचार गरिसकेको छ ।

Advertisement

बढी भएको शुल्क फिर्ता र समायोजनको विषयलाई लिएर नेशनल मेडिकल कलेज विरगंज, चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा छन् । बढी भएको शुल्क फिर्ता र समायोजन गर्ने सम्झौता भए पनि मेडिकल कलेजहरुले शुल्क फिर्ता गरेका छैनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top