रोगले थला परेकी सतारलाई नोबेलले गर्यो निशुल्क उपचार

१९ कात्तिक ७६, बुधबार

२० कात्तिक, बिराटनगर ।
पाठेघरको समस्याबाट पीडित मोरङको रतुवामाई नगरपालिका–९ भौडाहाकी हिरामडी सतार दुई महिना अघिदेखि पीडाले छटपटाई रहेकी थिईन् । उपचार गर्न पैसा थिएन । पैसा नभएकै कारण उपचार नपाएर असह्य पीडामा दिनरात तड्पिन बाध्य थिईन् । ज्याला मजदुरी गरेर दुई छाक टार्दे आएको सतार परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ३६ बर्षीया हिरामडीको अवस्था निकै पीडादायी थियो । अन्नतः उनीहरुको समस्या थाहा पाएर नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले हिरामडीलाई नोबेल अस्पताल ल्याई सम्पूर्ण खर्च बेहोरेर निःशुल्क उपचार गरेका छन् ।

Advertisement

सम्पत्तीको नाममा केहि नभएका उनीहरु सडक छेउको ऐलानी जग्गामा बाँसको टहरो बनाएर जिविका चलाउँदै आएका छन् । दैनिक ज्याला मजदुरी नगरे साँझ चुलो बल्दैन । भोगभोकै बस्नुपर्छ । दुई छाकको जोहो गर्न हम्मेहम्मे हुँदै आएको सतार परिवारले हिरामडीको उपचारका लागि अलिअलि भएको पैसा खर्च गर्यो । तर, निको भएन । दुई महिना अघिदेखि पीडाले छटपटाई रहेकी उनलाई पैसा नभएकै कारण उपचार गर्न अस्पताल नलगि घरमै राखिएको थियो । ‘अलिअलि भएको पैसा सकियो । पैसा नभएपछि केहि उपाय नलागेर घरमै राख्नु पर्यो ।’ हिरामणीका श्रीमान जटलामडीले भने ‘अन्तिममा सुनिल सरले सवै खर्च बेहोरेर निःशुल्क उपचार गर्दिनाले निको भयो ।’

स्थानीय तेजप्रसाद भण्डारीले उनीहरुको समस्या डा.शर्मालाई जानकारी गराएर उपचारका लागि पहल गरेका थिए । गरिब, बिपन्न र असहायको सहारा बन्दै आएका डा.शर्माले सतार परिवारको दयनीय अवस्था देखेर उनलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाईदिए । त्यत्तीमात्र नभई अस्पताल बसाईका क्रममा बिरामी र कुरुवालाई निःशुल्क खानाको व्यवस्थासमेत डा.शर्माले नै मिलाईदिए । नोबेल अस्पतालमा एक साता भन्दा बढी बसेर उपचार गराएपछि निको भएर अहिले उनले पीडाबाट मुक्ती पाएकी छन् ।

Advertisement

डा.शर्माले यसअघि पनि यस्ता सयौं बिरामीलाई निःशुल्क उपचार गरेका छन् । उनले गरिब, बिपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार गर्नुका साथै वेवारिसे बिरामीलाई उद्धार गरेर समाजसेवालाई निरन्तरता दिदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top