६० हजार भन्दा बढी गाँजाका बोट नष्ट

१९ कात्तिक ७६, बुधबार

२० कात्तिक, धनकुटा । धनकुटा जिल्लाको बिभिन्न स्थानहरुमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएको ६० हजार भन्दा बढी गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ ।

मंगलवार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटा, दंगा नियन्त्रण प्रहरी गण दुहवी र ईलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी गाउँपालिका–१ र ३ को सिरवानी, च्याप्रुङ, सुन्तलावारी, चिच्चे र गुर्दुङको एरिया ईलाकाको करिव ३६ रोपनी जग्गामा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका २२ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय भेडरटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–८ को खुडी, बाण्डे, खाम्चुवा, खेरेबोटे, पाखाटोल र खालिङको करिव ५ रोपनी जग्गामा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका ११ हजार ५५० गाजाका बोट फडानी गरी नष्ट गरेको हो ।

Advertisement

यसैगरी प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका–४ ,५ ,६ र ७ को खोकु, सालबोटे, पाखा, गैरी, आईतबारेका बिभिन्न स्थानहरुमा भएका २६ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको तथा प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका–१ को गुर्धुङ, तिनतले र पाङनाङको अन्दाजी १५ रोपनी जग्गामा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका ३५ सय गाजाका बोट फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top