भारतविरुद्ध नेविसंघको प्रर्दशन जारी

२२ कात्तिक ७६, शुक्रबार

२२ कार्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार पनि भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको विरोधमा शुक्रबार पनि काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

Advertisement

प्रमुख प्रतिपक्ष दल काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस ईकाईको संयोजनमा भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको विरोधमा शुक्रबार बिहान पनि एक घण्टा काठमाडौंको चावहिलमा विरोध प्रर्दशन गरिएको हो ।

Advertisement

विरोध प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपाली भूमि मिचिएको उल्लेख गर्दै तत्काल फिर्ता गर्न माग गर्दै भारत सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

Advertisement

चावहिलस्थित पशुपति क्याम्पसको प्राङगनबाट सुरु भएको विरोध प्रर्दशन मित्रपार्क, चावहिल चोक हुँदै पुनः सोही क्याम्पसमा आएर समापन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रिय सदस्य मनोज बैद्यले नेपाली भूमि भारतले फिर्ता नलिएसम्म विरोध प्रर्दशन जारी राख्ने चेतावनी दिए ।

नेविसंघ, पशुपति बहुमुखी क्याम्पस ईकाईले भारतीय नक्सामा नेपाली भूमि समावेश गरेको विरोधमा शनिबार अपरान्ह पाँच बजेपनि सिटी जुलुस निकाल्नेलगायतका विरोधका कार्यक्रम पनि घोषणा गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top