×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

तीन दिवसीय क्रिकेटमा एमसीसीसँग नेपालको लज्जास्पद हार

२२ कार्तिक २०७६

२२ कात्तिक, काठमाडौँ ।
प्रथम श्रेणी तीनदिवसीय खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग लज्जास्पद हार बेहोरेको छ । झन्डै १५ वर्षपछि नेपालमा आयोजित खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

शुक्रबार काठमाडौँको टीयू मैदानमा ३ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको योगदान दिए । ओपनर तथा विकेटकीपर राजु रिजाल ५ चौका सहित ३१ रनको योगदान दिए । शरद भेषवकर १५, ज्ञानेन्द्र मल्ल ६, मध्यक्रमका विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र पवन सरार्फ शून्यमा आउट भए ।

Advertisement
Advertisement

तल्लोक्रममा सोमपाल कामी र करण केसीले आठौं विकेटका लागि ४६ रनको सझेदारी गरेका थिए । ३२ ओभरमा करण केसी १८ रनमा एलबी डब्लू आउट भए । सन्दीपले एलेक्स थम्सपनलाई ३४ ओभरको तेस्रो, चौथो बलमा छक्का तथा पाँचौ बलमा चौका प्रहार गरेका थिए । सन्दीप ४० औं ओभरमा २५ रनमा एलबी डब्लू आउट भए । सन्दीपले २ छक्का र १ चौका प्रहार गरे । नवौं विकेटका लागि सोमपाल र सन्दीपले ५० रनको साझेदारी गरेका थिए । एमसीसीका ओलिभर डल्बीले सर्वाधिक ५ विकेट लिए ।

एमसीसीले ३६ ओभरमा १ सय ८१ रन जोड्न ६ विकेट गुमाएको अवस्थामा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका टम वेस्ट्ली ३४, माइल्स हामान्ड ११, एड योङ ३१, विल रोड्स ३० र बिली गोडलम्यान ३९ रनमा आउट भए । नेपालका तीब्र गतिका बलर करण केसीले ३, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले १-१ विकेट लिए ।

नेपाल पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले २१ बलमा ४ छक्का र २ चौका सहित सर्वाधिक ३९ रनमा अविजित रहे । त्यस्तै विनोद भण्डारी ३६, सोमपाल कामी २६, ज्ञानेन्द्र मल्ल डक, शरद भेषवकर ४, राजु रिजाल ८, दीपेन्द्र सिंह ऐरी १ र आरिफ शेख १० रनमा आउट भए । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए ।

Advertisement

एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top