मेयरमा प्रकाश राईलाई जिताउन धरानका मजदुर जुटे

मेयरमा प्रकाश राईलाई जिताउन धरानका मजदुर जुटे

२३ कात्तिक ,धरान ।
नेकपाका उम्मेदवार प्रकाश राईलाई धरानको मेयरमा जिताउन धरानमा रहेका मजदुरहरुले १ सय ३५ सदस्यीय मजदुर परिचालन कमिटी बनाएका छन् ।

धरानमा रहेको दुईवटै ट्रेड युनियन महासंघहरु जिफन्ट र अन्टुफ आवद्ध मजदुरहरुको एक भेलाले जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेकपा सुनसरी सदस्य भीमज्वाला राई संयोजक रहेको मजदुर परिचालन उप समिति घोषणा गरेको हो ।

उपसमितिको सहयोजकहरुमा मुक्तिनाथ गिरी, शमशेर बर्देवा, ईन्द्र सुवेदी, यामकला मग्राती, लिला प्रधान रहेका छन । विभिन्न क्षेत्रमा काम गर्ने करिव ३० हजार मजदुरहरु बसोबास गर्ने धरानमा मजदुरहरुको साथ, सहयोग र अमुल्य मत नेकपाका उमेद्वार प्रकाश राईलाई हुने उपसमितिका संयोजक भीमज्वाला राईले बताए ।

यसका लागि विभिन्न ९ वटा उप समितिहरु निर्माण गरेर मजदुरहरुको घरदैलोमा उप समिति परिचालित हुने पनि राईले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.